२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुर कांग्रेसको नगर अधिवेशन सर्‍यो

२०७८ आश्विन ८, शुक्रबार प्रकाशित ( साल अघि) १५५४ पाठक संख्या

नवलपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नवलपुर जिल्लाको नगर अधिवेशन सरेको छ। असोज ९ गतेको लागि तोकिएको नगर अधिवेशन असोज ११ गते सोमबारलाई सारिएको नेपाली काँग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरेले बताए ।

निर्वाचन समितिले वडामा अधिवेशन सम्पन्न गरी निर्वाचन प्रतिवेदन आउने क्रम जारी रही प्रतिवेदनहरु आउन बाँकी नै रहेको जनाएको छ।

निर्वाचनका लागि तयारी नपुगेको भन्दै अधिवेशन सारिएको हो । सचिव घिमिरेले नवलपुरका ८ वटै पालिकाको अधिवेशन असोज ११ गते सोमबारलाई सारिएको हो । आठ वटै पालिकाको अधिवेशन असोज ११ गते सोमबार एकै पटक हुने छ ।

सोही अनुसार निवार्चनको तयारी गर्न पालिका स्तरका निर्वाचन मण्डललाई जानकारी पठाइएको पनि उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%१%

प्रतिक्रिया दिनुहोस