२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुर कांग्रेसको उप–सभापतिमा युवा नेता बस्यालको उम्मेदवारी घोषणा

२०७८ फागुन ९, सोमबार प्रकाशित ( साल अघि) १११६ पाठक संख्या

नवलपुर । नेपाली कांग्रेस नवलपुरका युवा नेता धर्मराज बस्यालले यहि फागुन १९गते सुरु हुने नेपाली कांग्रेस नवलपुरको जिल्ला अधिवेशनमा आफुले उप–सभापति पदमा उम्मेदवारी दिने सामाजिक संजाल मार्फत बस्यालले आधिकारिक घोषणा गरेका छन ।

नेपाल विद्यार्थी संघ बाट राजनीति जीवन सुरु गरेका बस्याल तरुण दल जिल्ला कार्यसमिति सदस्य, नेपाली कांग्रेस देवचुली–१४को वडा सभापति रहेर काम गरेका बस्याल कांग्रेस नवलपुरको जिल्ला कार्यसमिति सदस्य हुन । युवामाझ रुचाईएका बस्याल व्यवसायी मैत्री पनि हुन ।

दलदले द्यौवादी मोटर बाटो अध्यक्ष, देवचुली उद्योग वाणिज्य संघको पुर्व अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश सदस्य,नेपाल हेभी ईक्युपमेन्ट व्यवसायी महासंघको वर्तमान केन्द्रिय उपाध्यक्ष रहेर काम गरेका उनले राजनीति र व्यवसाय सँगसँगै अगाडी बढाएका छ्न ।

गुटउपगुबाट पार्टीलाई मुक्त गराउदै आगामी तिनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउनका लागि नेतृत्वमा युवाहरु आउनु पर्छ भन्ने सोचका साथ आफुले जिल्ला उपसभापतिमा उम्मेदवारी दिन लागेको बस्यालले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस