२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरले मुख्यमन्त्री पाउदै

२०७८ बैशाख १, बुधबार प्रकाशित ( साल अघि) १९८५ पाठक संख्या

नवलपुर । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव आए प्रस्तावको पक्षमा उभिने निर्णय गरे सँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार धरापमा परेको छ । बुधबार राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थनबारे भएको निर्णय सार्वजनिक गर्न वक्तव्य सार्वजनिक गर्दै अविस्वासको प्रस्तावमा समर्थन गर्ने प्रस्ट पारेका हुन् ।

जनमोर्चाको यो घोषणा सँगै गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस १५, माओवादी केन्द्र १२, जनमोर्चा ३ र जनता समाजवादी २ सहित मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारको विपक्षमा ३२ सांसद पुगेका छन् । प्रदेश सभामा एमाले पक्षका २८ सांसद ( १ स्वतन्त्र सहित) रहेका छन् । ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन या बचाउन ३१ सांसद चाहिन्छ ।

जनमोर्चाको तर्फबाट केसिको आधिकारिक वक्तव्य आए सँगै गण्डकी प्रदेशमा नया सत्ता समीकरणको विषयले गति लिन सुरु गरेको छ । केसीको यो वक्तव्य सगैँ सत्ता ईतरका दलहरु मिलेर सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउने र नयाँ सत्ता समीकरण बनाउने बाटो खुलेको छ । केही दिन अगाडि बाट काङ्ग्रेस, माओवादी र जसपा मिलेर नयाँ सत्ता समीकरणको लागि गरेको छलफलले जनमोर्चाको निर्णय आएपछि मुर्त रुप लिन लागेको हो ।

स्रोतका अनुसार सत्ता समीकरण अगाडि बढाउने विषयमा एकै ठाउँमा रहेका काङ्ग्रेस र माओवादी बिच नेतृत्व कस्ले गर्ने भन्ने विषयमा कुरा टुङ्गिन नसके पछि काङ्ग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिच मंगलबार भएको भेटवार्ताले काङ्ग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।

देउवा र प्रचण्ड बिचको यो सहमतिले छिट्टै गण्डकी प्रदेशको सत्ता समीकरण परिवर्तन भएर काङ्ग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने अवस्थाको विकास भएको हो । स्वाभाविक रुपमा काङ्ग्रेसको दलको नेतानै मुख्य मन्त्री बन्ने भए पछि काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने कुरामा काङ्ग्रेसमा विवाद नभएको काङ्ग्रेसबाट निर्वाचित एक प्रदेश सभा सदस्यले बताए ।

यदि काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आयो भने देशकै कान्छो जिल्लाको रुपमा रहेको नवलपुरले मुख्यमन्त्री पाउने निश्चित देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%४%

प्रतिक्रिया दिनुहोस