२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ८५ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खाेप लगाउने

२०७८ चैत्र २२, मंगलबार प्रकाशित ( साल अघि) १६३ पाठक संख्या

कावासाेती । नवलपुरमा ८५ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खाेप लगाउने लक्ष्य लिइएको छ । टाइफाइड राेग विरुद्ध खाेप १५ महिना देखि १५ वर्ष सम्मका उमेर समूहका बालबालिकालाई लगाइने स्वास्थ कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताउनुभयो ।
चैत २४ गतेदेखि सुरु हुने अभियानमा २सय ५० वटा खाेप केन्द्रबाट खाेप लगाइने कार्यालय प्रमुख चापागाईंले बताउनुभयो । विधालयहरुलाई खाेप केन्द्र ताेकिएकाे छ । बिधालय बाहिरका खाेप लगाउने उमेर समूहका बालबालिकाले नजिककाे खाेप केन्द्रमा गएर खाेप लगाउन सक्नेछन् ।
खाेप केन्द्रमा ३१० स्वास्थ्य कर्मी परिचालन गिरिने छ । टाइफाइड विरुद्धको खाेप अभियानका लागि नवलपुरमा १६ हजार ८९६ भाइल खाेप आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस