२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ७२ बर्षीया बृद्धामाथी चक्कु प्रहार

२०७८ माघ २, आईतबार प्रकाशित ( साल अघि) २३१४ पाठक संख्या

गैँडाकोट । नवलपुरमा बृद्धामाथी सनिबार राती आफ्नै घरमा सुतिरहेको अवस्थामा चक्कुु प्रहार भएको छ ।

गैँडाकोट नगरपालिका वडा नं १ स्थित नेरश मा।वि नजिकै स्थानीय ७२ वर्षीया रिमाकला भट्टराई माथी चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरी प्रवक्ता डिएसपी दिलिप कुमार गिरीका अनुसार गएराती  १० बजे आफ्नै घरमा सुतिरहेको बेला उनिमाथी चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट घाईते भट्टराईको चितवन मेडिकल कलेजमा उपचार भैरहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको गिरीले बताए।

गरहगना तथा घरका अन्य सरसमानहरु लुटपाट गर्ने उदेश्यले बृद्धामाथी चक्कु प्रहार भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घाईते बृद्धाको चितवन मेडिकल कलेजमा उपचार भैरहेको र आक्रमणकारीको खोजिकार्य तीव्र पारेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१०%३%

प्रतिक्रिया दिनुहोस