२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ६ सय बढीको निःशुल्क स्वास्थ जाँच

२०७९ चैत्र ८, बुधबार प्रकाशित ( साल अघि) ५५० पाठक संख्या

कावासोती । नवलपुरमा भएको स्वास्थ्य शिविरमा ६ सय बढीले निःशुल्क स्वास्थ परिक्षण गराएका छन् । मध्यविन्दु नगरपालीका र देवचुलि नगरपालीकामा छुट्टा छुटै भएको एक दिने छाला सम्बन्धि शिविरबाट ६ सय भन्दा बढिले स्वास्थ लाभ लिएका हुन्।

मंगलवार मध्यविन्दु नगरपालिकाको अरुणखोला स्थित नयाँ बेलहानी स्वास्थ्य चौकीमा सञ्चालित निशुल्क शिविरमा १ सय ९२ जना र बुधवार देवचुलीको दुम्कौली नगर अस्पतालमा भएको शिविरमा ४ सय भन्दा बढिले परिक्षण गरी निशुल्क औषधि लिएको जनस्वास्य कार्यलयले जानकारी गराएको छ ।

आजको शिविरमा विरामीको चाप बढेपछि मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल अधिकृत डा.अविनाश पराजुली समेतको टोलीले स्वास्थ्य परिक्षमा साथ दिएका थिए । सहयोगी संस्था आईएनएफ नेपाल, हरियोखर्क अस्पताल पोखराका विशेषज्ञ डाक्टर प्रकाश कार्की सहितको टोली द्धारा स्वास्थ परिक्षण गरीएको हो ।

परिक्षण गर्दा अधिकाङस छालासँग सम्बन्धि दिर्घ रोगी, डण्डीफोर, चायाँपोतो, एलरजी र दाजको समस्या भएर विरामि आएका थिए । यसरी स्वास्थ परिक्षण गराउदा कुष्ठरोगीका विरामी छुट्टाउन सहज गराउने कुष्ठ तथा क्षयरोग फोकल पर्सन डिल्लीराम तिवारीले बताउनुभयो । शिविरमा आएका केहि केस कुष्ठरोगसँग मिल्दाजुल्दा आए पनि नमूना परिक्षण गर्दा कुष्ठरोगको संक्रमण नदेखिएको तिवारीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस