२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ६२ देखी ६४ बर्षका जेष्ठ नागरिकलाई मात्रै कोरोना खोप लगाईने

२०७८ जेष्ठ २४, सोमबार प्रकाशित ( साल अघि) २४२७ पाठक संख्या

कावासोती । चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल (VeroCell) खोप ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने भएको छ ।

जेठ २५ देखि यो खोप लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले मंगलबार निर्णय गरे लगतै जिल्लाका सबै पालिकाले तोकेको खोप केन्द्रबाट भेरोसेल नामक खोप लगाईने व्यवस्था मिलाएरको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताउनुभयो।

खोप लगाउन आउदा उमेर खुल्ने नागरिकता, वा कुनै सरकारी कागज तथा सम्वन्धित वडा कार्यालयको सिफारिस साथमा लिन उहाले आग्रह गर्नुभएको छ ।

खोप लगाउँ, कोरोना रोगबाट आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने उद्देश्यका साथ जेठ २५ गतेदेखी खोप संचालन हुने उहाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस अघि जिल्लामा १७३५२ जनालाई कोभिड शिल्डको खोप दिईएको थियोे । यस पटक भने ५०१० जनालाई भेरोसेल खोप लगाईने भएको छ । भेरोसेल खोप लगाएको ४ हप्ता पछि फेरि दोस्रो डोज लगाउन पर्ने चापागाईले जानकारी दिनुभयो ।

जिल्लाको गैंडाकोट नगरपालिकामा ९६०, देवचुली नगरपालिकामा ६९०, कावासोती नगरपालिकामा १०१०, मध्यविन्दु नगरपालिकामा ८७५, हुप्सेकोट गाउँपालिकामा ४००, विनयी त्रिवेणि गाउँपालिकामा ५२०, बौदिकालि गाउँपालिकामा २५० र बुलिङ्गटार गाउँपालिकामा ३०५ डोज भेरोसेल खोप उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

नवलपुरबाट १४००० डोज खोप माग गरेर पठाईए पनि जिल्लाभरी भनेर ५०१० डोज मात्रै खोप आएको छ ।

                              कस्तो हो भेरोसेल खोप ?

यो खोप चीनको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनी लिमिटेड सिनोफार्मअन्तर्गत उत्पादित ‘कोभिड–१९ भ्याक्सिन (इनएक्टिभेटेड भ्याक्सिन) हो ।

औषधि व्यवस्था विभागले उक्त खोप गत वर्ष फागुन ४ गते आपत्कालीन प्रयोगका लागि ससर्त अनमुति दिएको थियो । २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने यो खोपको म्याद दुई वर्षको छ । कोभिसिल्डको भने ६ महिनाको रहेको छ ।

पुरानो प्रविधिमा आधारित भेरोसेलमा मृत कोरोनाको कोषिका उपयोग गरिएको छ । निष्क्रिय भाइरसको कणले निर्मित खोप भएकाले यसमा रोग उत्पन्न गर्ने क्षमता नहुने स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले बताउनुभयो।

यो खोपको प्रभावकारिता ७९.३४ प्रतिशत छ,’ उहाले भनुभो , ‘०.५ मिलिलिटरको मात्रा दुई पटक लगाउनुपर्ने हुन्छ ।’ पहिलो मात्रा लगाएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा लगाउन प्रस्तावित गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस