२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ४ सय ७० जना नेपाली काङ्ग्रेसमा प्रवेश, नेता कार्कीले गरे स्वागत

२०७८ आश्विन २३, शनिबार प्रकाशित ( साल अघि) २८५५ पाठक संख्या

कावासोती । पुर्ब नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ र २ बाट एमाले र माओवादी परित्याग गरि ४ सय ७० जना युवाहरू नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काङ्ग्रेस विनयी त्रिवेणी गाउँपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्यका प्रत्यासी विष्णुकुमार कार्कीले नवप्रवेसीहरुलाई अबिर र खादा लगाएर स्वागत गरेका थिए।

FB_IMG_1633788043029

नेपाली काङ्ग्रेसमा प्रवेश गर्न धेरै स्थानबाट थुप्रै युवाहरू इच्छुक रहेको र आउनेक्रम जारी रहेको नेता विष्णुकुमार कार्कीले बताए । भाषणकै क्रममा नेता कार्कीले काङ्ग्रेसले मात्र देशलाई बिकाश र निकाशको दिशामा लैजाने बताउदै लामो समय सरकारको नेतृत्व गरेर देशलाई कङ्गाल बनाएको एमालेले देउवाले नेतृत्व गरेको ३ महिनामै सरकारको परिणाम खोज्नु हास्यास्पद रहेको जिकिर रहेका थिए ।

FB_IMG_1633788062983

कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरु श्याम श्रेष्ठ, सीता पाण्डे देबकोटा, डम्बर जिसिले देशभर पाटी प्रवेशको लहर चलेकाले अबको चुनाबमा नेपाली काङ्ग्रेस पहिलो पाटी बन्ने दाबी गरेका छ्न ।

Received_4420223538092263.jpeg

विनयी त्रिवेणी गाउँपालिकाका सभापति अजित कुमार थापाको अध्यक्षता एवं नेपाली काङ्ग्रेसका नेता एवं नवलपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका प्रत्यासी विष्णुकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेताहरु गणेशमान श्रेस्ठ,जगत कार्की,उदय अर्याल,बिष्णु ढकाल,चन्द्र बहादुर दरै ,कृष्ण तिवारी,राजु पाण्डे,शंकर तिवारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%९%३%१%११%

प्रतिक्रिया दिनुहोस