२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा १ सय ३९ संक्रमित थपिए, निको हुने जम्मा ५६

२०७८ जेष्ठ २७, बिहिबार प्रकाशित ( साल अघि) १६६९ पाठक संख्या

कावासोती । नवलपुरमा पछिल्लो २४ घण्टामा १ सय ३९ कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा गैँडाकोटका १३, देवचुलिका ३९, कावासोतीका ३१, मध्यविन्दुका २०, विनयी त्रिवेणीका ९, हुप्सेकोटका ३, बुलिंटारका २३ र अन्यका १ जना रहेका छन् ।

जिल्लामा आज ५६ जना संक्रमित निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ । निको हुनेमा गैँडाकोटका ११, देवचुलीका २५, कावासोतीका ८, मध्यविन्दुका ११, विनयी त्रिवेणीका १ जना सहित ५६ जना निको भएका हुन् ।

जिल्लामा संक्रिय संक्रमितको संख्या ७ सय ४९ रहेको छ। बैशाख यता दोश्रो लहरबाट अहिले सम्म ६२ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पुर्वका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मध्यबिन्दु नगरपालिकामा २ जनाको मृत्यु पुष्टि भएको छ ।

मध्यबिन्दु ९ का पुरुषको जेठ २० गते मध्यबिन्दु जिल्ला अस्पतालमा परिक्षण गरिएकोमा कोरोना पोजेटिभ देखिएपछि जेठ २४ गते कलेज अफ मेडिकल साइन्स भरतपुरमा भर्ना गरिएको थियो ।

बिभिन्न दीर्घ रोगबाट पनि ग्रसित ति पुरुषको हिजो (मंगलबार) दिउँसो ३ बजेर १० मिनेट जाँदा मृत्यु भएको जनाइएको छ ।

यस्तै मध्यबिन्दु २ का बृद्ध गएको बैशाख १९ गते मध्यबिन्दु जिल्ला अस्पतालमा गरिएको कोरोना परिक्षणमा नतिजा पोजेटिभ देखिएपछि सोहि अस्पतालमै जेठ १३ गते भर्ना गरिएको थियो ।

उनको आज (बुधबार) बिहान १० बजेर १५ मिनेट जाँदा मृत्यु भएको मध्यबिन्दु नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस