२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा १ लाख नगद सहित ५ जना जुवाडे पक्राउ

२०७८ मंसिर १, बुधबार प्रकाशित ( साल अघि) २९५८ पाठक संख्या

कावासोती । नवलपुर प्रहरीले मंगलवार करिब १ लाख रुपैयाँ नगद सहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार देवचुली नगरपालिका १२ गैडी निवासी होमराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थमा नगद ९७ हजार ३ सय १० रुपैयाँ सहित ५ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले २ बुक तास पनि बरामद गरेको जनाएको छ ।

प्रहरीले देवचुली नगरपालिका १२ बस्ने वर्ष ५२ को चित्र बहादुर काफ्ले, वर्ष ३५ को होमराज गिरी, वर्ष ३३को कृष्णबहादुर तामाङ, वर्ष ३९ को पदम ९ बहादुर महतो र वर्ष ४३ को हरी बहादुर बाचेलाई पक्राउ गरेको हो ।

पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

त्यस्तै, जुवाजन्य गतिबिधी खेल खेल्नु र खेलाउनु सामाजिक अपराध भएकोले यस्तो गतिबिधी कहिं कतै भएको पाइए तत्कालै नजिकैको प्रहरीलाई सुचना दिएर सहयोग गर्न समेत गिरीले सबैमा अपिल गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१४%४%३%४%४%

प्रतिक्रिया दिनुहोस