२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा होली खेल्ने क्रममा कुटाकुट, एकजना गम्भीर घाइते  

२०७९ फागुन २४, बुधबार प्रकाशित ( साल अघि) ६३५९ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यविन्दु नगरपालिकामा होली खेल्ने क्रममा १ जना माथि निर्घात कुटपिट भएको छ ।

जिल्ला प्रहरी कार्यलय नवलपुरका अनुसार मध्यविन्दु ४ पनौतीका २४ बर्षीय विशाल महत्तो, बर्ष २४ को दिनेश महत्तो, बर्ष २४ को अर्जुन महत्तो र बर्ष २४ को निरज महत्तोले होली खेल्ने क्रममा विवाद भई मध्यविन्दु २ कोल्हुवा बस्ने बर्ष २४ को करण महत्तोलाई कुटपिट गरी गम्भीर घाइते बनाएका हुन् ।

घाइतेको मध्यविन्दु जिल्ला अस्पताल, डण्डा उपचार भईरहेको उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान र खोजतलास अघि बढाएको कार्यालयले जनाएको छ । कुटपिट गर्ने चार जना फरार रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१७%६%१३%२%२६%१३%

प्रतिक्रिया दिनुहोस