२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सेनाको जिप दुर्घटना ६ जना घाइते

२०७८ जेष्ठ ९, आईतबार प्रकाशित ( साल अघि) १४०० पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा आईतबार बिहान जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। नेपाली सेना लिएर हिडेको बोलेरो जिप दुर्घटना भएको हो।

सल्यानबाट काठमाण्डौ तर्फ जाँदै गरेको भे १ ज ३८४ नम्बरको जिप कावासोतीको खरकटटा भन्ने ठाँउमा जीप अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ।

दुर्घटनामा सल्यानमा रहेको श्री सबुज गणका कार्यरत रहेका धादिङ धुन्चे नगरपालिका २ बस्ने वर्ष ४० का हवल्दार राजकुमार सापकोटा घाइते भएका छ्न।

त्यस्तै, काभ्रे धुलीखेल नगरपालिका ११ बस्ने वर्ष ३१ का सन्त तामाङ, बनेपा ८ बस्ने वर्ष ३३ का केशर मगराती, तनहुँ व्यास १ का मंगल विक, खैरेनी तनहुँ ६ का विकास परियार र नुवाकोटका हरिचन्द्र सिटौला सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।

१२ जना सवार जिप दुर्घटना हुँदा ६ जना घाईते भएका र घाईतेको अवस्था सामान्य रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस