२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा लागुऔषध सहित २ जना पक्राउ

२०७८ जेष्ठ १९, बुधबार प्रकाशित ( साल अघि) १३६० पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा लागु औषध सहित २ जना पक्राउ परेका छन् ।

कावासोती नगरपालिका वडा नं. २ फुलफुलचोक स्थित पुर्व पश्चिम राजमार्गमा स्कुटरमा आइरहेका दुईजनालाई खानतलासी गर्दा कम्मरमा लुकाएर लिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

1622545480 MX96G

पक्राउ पर्नेमा संखुवासभाको चैनपुर नगरपालिका ८ निवासी ३१ बर्षीय केशव राई र काठमाडौं महानगरपालिका ७ बौद्ध बस्ने ३५ बर्षीय भिमसेन सुब्बा रहेका छन् ।

उनिहरुको साथबाट नुर्फिन ६९ एम्पुल, डाईजापाम ६९ एम्पुल र फेनारागन ६९ एम्पुल लागु औषध सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कसूर अन्तर्गतको कारबाहीका लागी अनुसन्धानको काम अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस