२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा लकडाउनमा कचौरादेखि सुनसम्म चोरी: प्रहरीद्वारा सामान सहित दुई जना पक्राउ

२०७८ जेष्ठ १९, बुधबार प्रकाशित ( साल अघि) ४४५२ पाठक संख्या

कावासोती । नवलपुरको छुट्टाछुट्टै ठाउँमा चोरीको घटनामा संलग्न दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको विशेष टोलीले चोरी गरेको सामानसहित दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा कावासोती १ निवासी २७ बर्षीय कृष्णबहादुर परियार र देवचुली १६ निवासी ३९ बर्षीय मोटे हरि भन्ने हरिजन दर्जी रहेका छन् ।

वैशाख देखि यता जिल्लाका विभिन्न स्थानमा चोरीका घटनामा संलग्न उनीहरुलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले मगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

उनीहरुले बैशाख २३ गते कावासोती ३ परिवर्तन चोक निवासी नारायण अर्यालको घरबाट नगद, गरगहना, टेलिभिजन, थाल, कचौरा समेत ५ लाख बराबरको धनमाल चोरी गरेका थिए ।

त्यसैगरी बैशाख २५ गते कावासोती ५ दशघरे बस्ने मनमाया पाइजामगरको घरबाट टिभी, राइसकुकर, प्रेसर कुक, मिक्सर, कराई, कपसेट, ग्याँस चुलो, चक्कु, बल्याङकेट, काँसको थाल कचौरा गरी ८१ हजार ६ सय रुपैया बराबरको धनमाल चोरी गरेका थिए ।

त्यसैगरी जेठ १४ गते कावासोती ६ विष्णुनगर निवासी सरस्वती भुसालको घर घाडामा पसल गरी बस्ने मणि न्यौपानेको पुजा सामग्री पसल र उनकै घरमा भाडा गरी बस्ने खिममाया रानाको कोठाबाट पनि सामन चोरी गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले पुजा सामग्री पसलबाट नगद, शंख, शिवलिङ्ग, गणेशको मुर्ती, तामाको थाली, पित्तलको थाली, छात्रा, घ्यू, तिलको तेल, अगरबती गरी अन्दाजी २७ हजार बराबरको समान चोरी गरेको थियो भने खिममाया रानाको कोठाबाट मोबाइल, दोसल्ला, खानेतेल, लाइट, काँसको थाल, काँसको कचौरा, स्टिलको कचौरा, स्टिलको थाल, खाजा प्लेट, लसुन समेत गरी ५७ हजार ८ सय ७० रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।

त्यसैगरी जेठ १५ गते कावासोती ६ प्रगतिटोल बस्ने राजु रसाइलीको घरबाट नगद, चाँदी, सुन, सुन तौल गर्ने मेसिन, सुन सफा गर्ने फलामको दाना,  जुत्ता, हाल्फ पाइट, टिर्सट, मोबाइल गरी ६ लाख ७६ हजार एक सय रुपैयाँ बराबरको समान बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%६%३%९%

प्रतिक्रिया दिनुहोस