२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

२०७८ जेष्ठ १३, बिहिबार प्रकाशित ( साल अघि) २४९८ पाठक संख्या

कावासोती ।  नवलपुरमा भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका वडा नं. ७ ब्यारेजपुल नजिकै यूपी ६० एटी २७७७ नम्बरको ट्रकको ठक्करबाट स्थानीय ३५ वर्षका दशरथ गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते गुप्ताको बुधबार दिउँसो साढे १ बजे उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा निधन भएको डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

गुप्तालाई ठक्कर दिने टकका चालक भारतीय नागरिक ४० वर्षका अरविन्द यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस