२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा भट्टराईको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन

२०७८ भाद्र १४, सोमबार प्रकाशित ( साल अघि) ४०३९ पाठक संख्या

कावासोती । नवलपुरमा शालिकराम भट्टराईको नेतृत्वमा गठन भएको नेकपा एमालेको समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीमा समायोजित भएको छ ।
डा. गोपाल खनालको प्रमुख आतिथ्यतामा आइतबार कावासोतीमा भएको भेलाले ६३ सदस्यीय जिल्ला कमिटि नेकपा एकीकृत समाजवादीमा समायोजन गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष शालिकराम भट्टराईले बताए ।
भेलाले नवलपुरबाट धनन्जय शर्मालाई केन्द्रिय प्रतिनिधि चयन गरेको अध्यक्ष भट्टराईले जानकारी दिए ।
त्यसैगरी जिल्ल कमिटिको उपाध्यक्षमा गणेशमान महतो, सचिवमा झविलाल राना, उपसचिवमा सुस्मा काफ्ले , सदस्यहरुमा डा. गोपाल खनाल, भरत तिवारी, खगराज कंडेल, श्यामप्रसाद भुसाल, ठाकुर गैरे,प्रेमनारायण पाण्डे, प्रेम विक , अर्जुन पाण्डे, अर्जुन विक, गोविन्द विक,कपिलप्रसाद काफ्ले , मदन गिरी, कपिल न्यौपाने, हुमकान्त पराजुली धनलाल भुसाल, टिकाराम पौडेल, अग्निधर पाठक लगायतका रहेका जनाईएको छ ।
भेला सालिकराम भट्टराईको अध्यक्षतामा भएको थियो । यस अघि रहेको समानान्तर कमिटिलाई नै जिल्ला कमिटिमा रुपान्तरण गरिएको भट्टराईले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२१%८%११%३%४%१५%

प्रतिक्रिया दिनुहोस