२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते

२०७८ मंसिर २३, बिहिबार प्रकाशित ( साल अघि) ३५८२ पाठक संख्या

कावासोती । दाङबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस नवलपरासीको गैंडाकोटस्थित जयश्री पुल नजिकै पल्टिँदा १५ जना घाइते भएका छन् ।

ना ७ ख ४०३८ नम्बरको बस बिहीवार विहान ४ बजेतिर गैडाकोट नगरपालिका ७ जयश्री पुल नजिकै दुर्घटनामा परेको हो । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २८ फिट पर पल्टिएको थियो ।

दुर्घटनामा परी पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका २ निवासी ४ बर्षीया बालिका पार्वती उपाध्याय, गैडाकोट २ कै ४८ बर्षीय दयाराम शर्मा, देवचुली १ निवासी ३४ बर्षीय प्रदीप तिवारी, काठमाडौं सीता पाइला ३ बस्ने ४९ बर्षीय प्रकाश घिमिरे, दाङ भालुवाङ ८ निवासी २६ बर्षीय लिला कुमाल घाइते भएका छन् ।

त्यसैगरी दाङ लमही ५ का २५ बर्षीया रचना कार्की, ३५ बर्षीय शिवप्रसाद शर्मा, प्युठान जिल्लाको प्युठान नगरपालिका ७ का ३२ बर्षीय अविनाश पण्डित, दाङ लमही नगरपालिका ५ निवासी ६० बर्षीया देवा अधिकारी, प्युठान भिवग्री ४ निवासी २६ बर्षीय सोलु विक घाइते भएका छन् ।

त्यसैगरी दाङको लमही नगरपालिका ५ निवासी २३ बर्षीया स्नेहा सिंह, भालुवाङ २ निवासी २४ बर्षीय अर्जुन कुमार खड्का, भालुवा १ निवासी ३१ बर्षीय वसन्त खड्का, दाङकै राप्ती नगरपालिका ३ बस्ने ४१ बर्षीया प्रेमकुमारी गिरी र प्युठानको बड्डाँडा गाउँपालिका २ निवासी ३० बर्षीय सोवीलाल सुनार घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनापछि बस चालक भने फरार छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%४%२४%२%

प्रतिक्रिया दिनुहोस