२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बसले पैदल यात्रीलाई ठक्कर दियो

२०७७ चैत्र १३, शुक्रबार प्रकाशित ( साल अघि) ८६५ पाठक संख्या

नवलपुर, चैत १३ । चितवनको भरतपुरमा रहेको स्मल ह्याभन बोर्डिङ स्कुलको गाडीले आज विहान ९ बजेतिर पैदल यात्रीलाई ठक्कर दिएको छ ।

विद्यार्थी लिएर गैँडाकोटबाट विद्यालय तर्फ जाँदै गरेको ना ४ ख ३४६७ नम्वरको बसले काँग्रेस चोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट पैदल यात्री नवलपुर जिल्ला बुलिङ्टार गाउँपालिका वडा नम्वर ३ बस्ने निरज बस्ताकोटी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

उनलाइ नयाँ मेडिकल कलेजमा उपचार जारी रहेको र ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय गैँडाकोटको नियन्त्रणमा रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस