२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा प्रहरीले सुरु गर्‍यो ‘तपाईंको मास्क खोई’ अभियान

२०७८ बैशाख १७, शुक्रबार प्रकाशित ( साल अघि) २५३१ पाठक संख्या

कावासोती, १७ वैशाख । पुर्ब नवलपरासीमा जिल्ला प्रहरी कार्यालय नवलपुरले  ‘तपाईंको मास्क खोई’ अभियान सञ्चालन गरेको छ ।

प्रहरी कार्यालय नवलपुरको आयोजनमा शुक्रबार विहान कावासोतीमा तपाईंको मास्क खोई अभियान सञ्चालन गरिएको हो।

दोस्रो चरणको कोरोना माहामारी रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रहरी र ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोई’ अभियान सञ्चालन गरेको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका उप प्रमुख तथा प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले सवारी साधन तथा नागरिकहरूलाई मास्क लगाउन र सुरक्षित भएर यात्रा गर्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मास्कको अनिवार्य प्रयोग गरौं, सामाजिक दुरी कायम गरौं , तपाईको माक्स खोई ?, कोभिड-१९ बाट बचौं र बचाऔं ट्राफिक नियमको पालना गरौं भन्ने प्लेकार्ड सहितको सचेतनामुलक कार्यक्रम गरीएको बताउनुभयो।

विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहर अन्र्तगत नयाँ प्रजातिको नवलपुरमा पनि संक्रमण देखिए सँगै आम नागरिकलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह गर्दै उक्त अभियान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले मास्क नलगाउने तथा अटेर गर्नेलाई सम्झाई बुझाई गरी मास्क प्रहरीले नै बाँड्ने र लगाईदिएर छोड्ने गरेका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%१०%२%१%

प्रतिक्रिया दिनुहोस