२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु  

२०७८ अषाढ ८, मंगलबार प्रकाशित ( साल अघि) २१०९ पाठक संख्या

कावासोती । नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका वडा नम्बर –३ स्थित होङ्सी गेट नजिकै डुमे्रखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुमे्रखोलाको ड्याममा डुबेर हराएका बझाङ बेहुलीकोट बस्ने २१ वर्षीय लक्ष्मण बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

डुमे्रखोलामा पौडी खेल्नेक्रममा आज बिहानैदेखि बेपत्ता भएका बोहोरा दिउँसो शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीय युवाको टोलीले खोजीका क्रममा शव फेला पारेको हो । शव परीक्षणको लागि कावासोती स्थित मध्यबिन्दु जिल्ला अस्पताल पठाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस