२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पाँच महिनामा लागूऔषद्य कारोबारमा ४८ जना पक्राउ

२०७५ पौष ९, सोमबार प्रकाशित ( साल अघि) १३२२ पाठक संख्या

बिजय चालिसे

पुस, ९, कावासोती । भारतसंग सिमाना जोडिएको जिल्ला नवलपुर लागु औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले सोमवार आयोजित पत्रकार सम्मेलनमा भारतसंग सिमाना जोडिएका खुला नाकावाट लागु औषध ओसार पसार भएको अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।

प्रहरी प्रमुख थापाले चालु आर्थिक बर्ष २०७५/०७६ को साउनदेखि पुस ९ गतेसम्म ५ महिनाको अवधिमा लागु औषध कारोबारमा सम्लग्न ४८ जना पक्राउ परको बताउँदै उनीहरुका साथबाट डाइजेपाम ८ सय ८४ एम्पुल, फेनारगन ९ सय १ एम्पुल, नुफिन ७ सय ९४ एम्पुल, टालजेसिक ९४ एम्पुल, नाइट्रोसन २ सय २० ट्यावलेट, नाइट्रोभ्याट २ हजार ५ सय ट्यावलेट, स्पास्मो ४ सय २६ ट्यावलेट, फेन्सेडिल २ सय बोतल र गाँजा ७ सय ४० ग्राम लागुऔषध बरामद भएको बताउनुभयो । प्रहरीको गस्ती र चेकजाँचका क्रममा आगु औषध ओसारपसारमा पक्राउ पर्ने गरेको बताउँदै प्रमुख थापाले भैरहवा, महेशपुरको ठुटीवारी र त्रिबेणीको भैसालोटन लगायतका स्थानीय खुल्ला सिमानाकाबाट लागु औषध भित्रिने गरेको वताउनुभयो ।

वहाले जहाँ प्रहरीको उपस्थिति कम रहेको र सुरक्षा जाँचको ग्याप रहेको ठाउ छ त्यहावाट ओसार पसारमा सक्रिय भइ आगु औषध भित्रिए पनि बिभिन्न ठाउँमा पुर्याउन प्रयोग हुने बाटो पूर्व पश्चिम राजमार्ग भएकाले लागु औषध ओसार पसार क्रियाकलापमा संलग्नलाई समात्न सफल हुने गरेको जानकारी दिनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा आइतवार मध्यबिन्दु नगरपालिका ७ बाट पक्राउ परेका लम्जुङ जिल्ला बेशीशहर नगरपालिका ८ का २० बर्षिय सुब्वा गुरुङ, काभ्रेपलाञ्चोक मन्दन गाउँपालिका ४ का २१ वर्षीय सागर ढकाल र खोटाङ जिल्ला माग्पा गाउँपालिका ५ का बर्ष २१ का बिनोद राइलाई अदालतबाट म्याद थप गराई अनुसन्धान अगाडी बढाइएको जानकारी दिनुभयो । लमजुङका सुब्बा गुरुङबाट नुफिन ५१ एम्पुल, फेनारगन ६१ एम्पुल, डाइजापाम ५९ एम्पुल र प्रयोग भईसकेको सिरिन्ज एक थान बरामद भएको छ ।

उनी पश्चिमवाट पुर्ब तर्फ आउँदै गरेको लु २ ख २६६७ नक्वरको वसमा सवार थिए । त्यस्तै सागर ढकाल र बिनोद राइको साथबाट नुफिन ९ एम्पुल, फेनारगन ९ एम्पुल, डाइजापाम ९ एम्पुल र नाइट्राभेट १० लेखिएको ३ सय ११ ट्यावलेट फेला परेको हो । उनीहरु पनि पश्चिमवाट पुर्ब तर्फ आउँदै गरेको ना ५ ख ७६३३ नक्वरको वसमा सवार रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । थापाका अनुसार लागू औसध कारिबारमा सम्लग्न अधिकाम्स नवलपुर बाहिरका रहेका छन । चालु आर्थिक बर्षको मंसीर मसान्तसम्म जम्मा २३ वटा लागु औषधका मुद्धा दर्ता भएकोमा ११ वटा पर्छौट भएको र १२ वटा अनुसन्धानमै रहेको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस