२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पछिल्लो २४ घण्टामा २ सय ३३ जना संक्रमित निको भए

२०७८ जेष्ठ २५, मंगलबार प्रकाशित ( साल अघि) १५०९ पाठक संख्या

जेठ, कावासोती । नवलपुरमा पछिल्लो २४ घण्टामा सवै भन्दा धेरै २ सय ३३ जना निको भएका छन् । निको हुनेमा गैडाकोटका ६८ जना, देवचुलीका ३६, कावासोतीका २६, मध्यविन्दु १२, विनयी त्रिवेणीमा २१, हुप्सेकोटमा २१, बुलिङटामा २, बौदिकालीमा ४७ जना निको भएका हुन् ।

यो संगै अहिले सम्म नवलपुरमा निको हुनेको सख्या २ हजार ९ सय ६१ पुगको छ । मंगलबार जिल्लामा ४७ जना संक्रमित थपिएका छन् ।

गैँडाकोटका २३ जना, मध्यविन्दुका ५, विनयी त्रिवेणीका २, हुप्सेकोटका १३, बुलिङटारका ४ सहित ४७ जना थपिएका हुन् । संक्रमितको सख्या घटेर ६ सय ६८ पुगेको छ।

मगंलबार थप ३ जनाको मृत्यु भएको छ । यो संगै बैशाख यता जिल्लामा ६० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%१%

प्रतिक्रिया दिनुहोस