२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा निषेधाज्ञा जेठ २४ सम्म लम्बियो

२०७८ जेष्ठ १३, बिहिबार प्रकाशित ( साल अघि) २३२९ पाठक संख्या

कावासोती । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय नवलपुरले लागू गरेको निषेधाज्ञा थप १० दिन लम्बिएको छ ।

जिल्लाको कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिस अनुसार जेठ २४ गते सम्म निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो ।

जिल्ला अधिकारी पंगेनीका अनुसार बल्ल जिल्लामा संक्रमणको दर र निको हुने दर उस्तै हाराहारीमा रहेकाले निषेधाज्ञामा कडाईका साथनै पालना गर्ने गरि निर्णय भएको जानकारी दिनुभयो ।

जिल्लामा भोलि जेठ १४ राति १२ बजेसम्म लागु गरिएको निषेधाज्ञा अब जेठ २४ गते राति १२ बजे सम्मका लागि थप गरिएको हो।

राष्ट्रिय गौरवका आयोजना र सार्वजनिक विकास निर्माणका आयोजनाहरुको काम भने निषेधाज्ञामा नरोकिने भएको छ ।

अत्यावश्यक सेवा २४ सै घण्टा खुल्ला हुने भएपनि बजार पसल दिनको २ घण्टा मात्रै खुल्ला हुने भएको छ। बिहान ७ देखि ९ बजेसम्म पसलहरु खोल्न पाईने भएको छ । अति अत्यावश्यक सेवाका सरकारी कार्यालय बाहेक सबै बन्द गरिने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%२%२%३%

प्रतिक्रिया दिनुहोस