२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा निषेधाज्ञा उल्लंघन गर्ने २ ब्यक्ति पक्राउ , १ लाख जरिवाना हुनसक्ने

२०७८ जेष्ठ १३, बिहिबार प्रकाशित ( साल अघि) ६१३९ पाठक संख्या

कावासोती । नवलपुरमा सरकारको निर्णय अवज्ञा गरी पसल खोल्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार कावासोतीमा ब्यापारीहरुलाई निषेधाज्ञाको समयमा ब्यावसाय गर्न नमिल्ने भनि सम्झाई बुझाई गरेको थियो । तर यो निर्देशनलाई अवज्ञा गर्दै पसल सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका वडा नं. १ घर भई हाल कावासोती ३ बस्दै आएका ३३ बर्षिय पुर्ण बहादुर श्रेष्ठ र पर्वत देउपुर गाउपालिका वडा नं. २ घर भई हाल कावासोती ३ बस्दै आएका २० बर्षिय बिनोद क्षेत्री रहेका छन् ।

उनीहरुलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार थप अनुसन्धानको काम अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । निषेधाज्ञा अवधिमा अध्यादेश बमोजिम काम गर्न बाधा अवरोध पुर्‍याएमा ५ लाख रुपैयाँ र एक वर्षसम्म जरिवाना हुन सक्ने जिल्ला प्रशासन कार्यालय नवलपुरको सूचनामा उल्लेख छ ।

त्यस्तै, अध्यादेशअनुसार मापदण्ड पालना नगरेमा ६ महिना कैद र ३ लाख रुपैयाँसम्म वा दुवै सजाय हुन सक्ने सूचनामा उल्लेख छ । आदेश उलंघन गरेमा व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिवाना हुने जनाएको छ। संस्थाले निषेधाज्ञा उल्लंघन गरेमा ५ लाख सम्म जरिवाना हुने पनि प्रशासनको सूचनामा उल्लेख छ ।

साथै, मास्क नलगाई सार्वजनिक रुपमा हिँडड्ल गरे पटकै पिच्छे १ सय रुपैयाँ जरिवाना हुने जनाइएको छ । अनुमति बिना हिँड्ने २ पांग्रे सवारीलाई २ हजार र अन्य सवारी साधनमा ५ हजार रुपैयाँ जरिवाना हुने प्रशासनको सूचना छ।

नवलपुरमा बैशाख २१ देखि सुरु भएको लकडाउन जेठ २४ गतेसम्मका लागि लम्ब्याइएको छ ।

1622119611 Oc78b

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%३%३%१%५%२१%

प्रतिक्रिया दिनुहोस