२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा नागरिकता बनाउने र प्रतिलिपि लिने बराबरी

२०७८ कार्तिक १७, बुधबार प्रकाशित ( साल अघि) १६७९ पाठक संख्या

प्रेम क्षेत्री

कावासोती । जिल्ला प्रशासन कार्यालय नवलपरासी ( वर्दघाट सुस्तापूर्व ) बाट चालु आर्थिक वर्षमा नयाँ नागरिकता बनाउने र प्रतिलिपि लिने बराबरी देखिएका छन् ।

एकपटक नागरिकता बनाईसकेकाहरु पुनः नागरिकताको प्रतिलिपि लिन पुगेका छन् । हराएको, चोरी भएको, सच्याउनुपर्ने जस्ता कारण देखाई जिल्लाका नागरिकहरु नागरिकता बनाउन पुगेका हुन् ।
जिल्ला प्रशासन कार्यालयको ३ महिनाको अवधिमा २ हजार ८ सय ८९ जनाले नागरिकता बनाएको तथ्याङ्क रहेको छ । सोही अवधिमा २ हजार ८ सय ८३ जना नागरिकताको प्रतिलिपि लिन पुगेका हुन् ।

गत साउन १ गतेदेखी असोज मसान्तसम्म ३ महिनाको अवधिमा २ हजार ८ सय ८९ वटा नागरिकताको प्रमाण पत्र वितरण भएको कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत आनन्द शर्मा भुसालले जानकारी दिनुभयो ।

जसमध्ये महिला १ हजार ४ सय १ जना र पुरुष १ हजार ४ सय ८८ जना रहेका छन् । त्यस्तै सोही अवधिमा २ हजार ८ सय ८३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । जसमध्ये महिला १ हजार ३ सय १७ जना र पुरुष १ हजार ५ सय ६ जना रहेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस