२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा दैनिक जसो सवारी दुर्घटना,आज पनि १ को मृत्यु,एक घाईते

२०७५ पौष ६, शुक्रबार प्रकाशित ( साल अघि) ११२४ पाठक संख्या

बिजय चालिसे

पौष , ०६, कावासोती
नवलपुरमा दैनिक जसो सवारी दुर्घटना भैरहेको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयत्रिवेणी १ अरुणखोला र दुम्किबास जंगल बिचमा मोटरसाईकलले कारलाई पछाडीबाट ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

आज दिउसो करिब १ बजे पूर्बबाट पश्चिम तर्फ जादै गरेको बा १५ च ६९७६ नम्बरको कारलाई सोही दिशातर्फ जादै गरेको लु ३१ प ५०७५ नम्बरको मोटरसाईकलले पछाडीबाट ठक्कर दिदा मोटरसाईकल चालक पाल्पा तिनहु गाँउपालीका २ दोबाहनका १८ बर्षिय आकाश गीरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । गिरीको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परी घाईते भएका मोटरसाईकलमा सवार पाल्पाकै तिनहु गाउँपालीका २ कै १९ बर्षिय सन्दीप घर्ती मगरको पुरानो मेडिकल कलेज भरतपुरमै उपचार भईरहेको प्रहरीले जनाईएको छ । यसअघि हिजो बिहान पनि यात्रुवाहक बस पल्टिदा १ जनाको ज्यान गएको थियो भने मंगलबार पनि यात्रुवाहक बसले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको थियो । नवलपुरलाई गण्डकी प्रदेशकै सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रुपमा लिने गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस