२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा दुई चरणमा मतदाता नामावली संकलन हुँदै

२०७८ मंसिर १४, मंगलबार प्रकाशित ( साल अघि) १४३१ पाठक संख्या

कावासोती । नवलपुरका सबै स्थानिय तहमा पुगेर मतदाता नामावली संकलन गरिने भएको छ । मतदाता नामावली संकलन विशेष कार्यक्रम अन्र्तगत जिल्लाका आठ वटै स्थानिय तहमा पुगेर दुइ चरणमा मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन कार्यालय नवलपुरले जनाएको छ ।

जसमा मंसिर १७ गते देखी पहिलो चरणमा र पुस ५ गते देखी दोस्रो चरणमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिने छ ।

जस अन्र्तगत पहिलो चरणमा मंसिर १७ गते देखी पुस २ गते सम्म बुलिङ्गटार, विनयी त्रिवेणी, बौदीकाली र हुप्सेकोट गाउँपालिकामा संकलन गरिने जिल्ला निर्वाचन अधिकृत लालप्रसाद भुसालले जानकारी दिनुभयो ।

यस्तै दोस्रो चरण अन्र्तगत पुस ५ गते देखी पुस १९ गते सम्म
गैंडाकोट, देवचुली र मध्यविन्दु नगरपालिकामा सञ्चालन गरिने उहाँको भनाई छ ।

कावासोती नगरपालिका भित्र जिल्ला निर्वाचन कार्यालय भएकाले नगरभित्रका कार्यालयमा आएर बनाउन सकिने छ’ उहाँले भन्नुभयो ‘बाँकी स्थानिय तहमा पनि नयाँ मतदाता नामावली वनाइने छ, तर त्रुटि भएका, नाम, ठेगाना सच्याउनुपर्ने वा बसाइ सरेको जस्ता कार्यमा जिल्ला निर्वाचन कार्यालयमा मात्रै हुने छ ।

जिल्ला प्रशासन कार्यलय नवलपुर र जिल्ला निर्वाचन कार्यालय नवलपुरमा भने नियमित रुपमा मतदाता नामावली संकलन भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस