२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा थप ३ कोरोना सङ्क्रमितको मृत्यु

२०७८ जेष्ठ १२, बुधबार प्रकाशित ( साल अघि) ४१३६ पाठक संख्या

कावासोती । नवलपुरमा कोरोनाका कारण थप ३ महिलाको मृत्यु भएको छ ।

गैँडाकोट नगरपालिकाका २ जना र विनयीत्रिवेणी गाउँपालिकाका एक महिलाको कोरोनाका कारण ज्यान गएको हो ।

गैँडाकोट नगरपालिका वडा नं. ५ कि ४० वर्षिया महिलाको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

उता गैडाकोट नगरपालिका वडा नं. १० कि ६४ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा मृत्युु भएको छ ।

त्यसैगरी विनयी त्रिवेणी गाउँपालिका वडा नं. ७ कि ६५ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%२%२%२%४४%३%

प्रतिक्रिया दिनुहोस