२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा थप २ जना कोरोना संक्रमितको मृत्यु

२०७८ बैशाख २९, बुधबार प्रकाशित ( साल अघि) १३३४ पाठक संख्या

कावासोती । नवलपुरमा आज बुधबार थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

गैडाकाेट नगरपालिका वडा नं ११ का बर्ष ४७ का पुरुषको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएकाे छ । गत बैशाख २४ गते नयाँ मेडिकल कलेज, चितवन परीक्षण गराएका उनको २६ गते कोरना रिपोर्ट पोजेटिभ आएको थियो । गैडाकोट नगर अस्पताल भेडाबारीको आइसोलेसनमा राखिएको उपचार गराई रहेका उनलाई २८ गते बिहान गम्भिर बिरामी भई उपचारको लागि पुरानो मेडिकल कलेज, भरतपुर रिफर गरिएका थियो ।

त्यस्तै अर्को बिनयीत्रिवेणी गाउँपालिका वडा नं २ निवासी ५६ वर्षीया महिलाको गएराति मृत्युु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । बैशाख २४ गते दुम्किबास स्वास्थय चौकिमा गरिएको परिक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

नयाँ संक्रमणको लहर आए पछि संक्रमित भएका मध्ये १ सय ८५ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%५%

प्रतिक्रिया दिनुहोस