२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा थप १ कोरोना संक्रमितको मृत्यु

२०७८ बैशाख २४, शुक्रबार प्रकाशित ( साल अघि) १३८१ पाठक संख्या

कावासोती । नवलपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

चितवनको पुरानो मेडिकल कलेजमा उपचाररत कावासोती नगरपालिका वडा नम्बर ८ की ५२ वर्षीया महिलाको मृत्यु भएको हो।

उनको शुक्रबार दिउँसो ४ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

उनी वैशाख १७ गते मध्यविन्दु जिल्ला अस्पतालमा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भए पछि उनलाई थप उपचारको लागि वैशाख २२ गते भरतपुर पठाईएको थियो ।

यो सँगै कोरोना संक्रमण ( आज ) शुक्रबार मात्रै जिल्लामा ३ जनाको ज्यान गएको छ । जिल्लामा पछिल्लो पटक १० जनाको कोरोना कै कारण निधन भएको छ ।

नयाँ संक्रमणको लहर आए पछि संक्रमित भएका मध्ये ६९ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%४%

प्रतिक्रिया दिनुहोस