२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

२०७८ बैशाख २४, शुक्रबार प्रकाशित ( साल अघि) २०१४ पाठक संख्या

कावासोती । नवलपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा र भरतपुर अस्पतालमा एक उपचाररत संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुखका अनुसार कावासोती नगरपालिका – २ का ६३ बर्षीय पुरुषको चितवन मेडिकल कलेजमा र मध्यविन्दु नगरपालिका- १२ का ७० बर्षीय पुरुषको भरतपुर अस्पतालमा बिहिबार राती मृत्यु भएको जानकारी दिनुभयो ।

कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनीहरुको उपचारकै क्रममा मृत्यु भएको चापागाईले बताउनुभयो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%८%

प्रतिक्रिया दिनुहोस