२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जुवा खेलिरहेका ५ जना जुवाडे पक्राउ

२०७८ जेष्ठ १०, सोमबार प्रकाशित ( साल अघि) ३०५३ पाठक संख्या

कावासोती । नवलपुरको गैँडाकोटबाट ५ जना जुवाडे पक्राउ परेका छन्।

गैँडाकोट नगरपालिका वडा नं.१ एक्लेसालबाट स्थानीय दुर्गा बहादुर मर्याङगीकाे घरमा जुवा तास खेली रहेको विशेष सूचनाको आधारमा ५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

पक्राउ पर्नेमा घरधनी दुर्गाबहादुर सहित निसान मगर, रिम बहादुर थापा, यग्यौ मल्ल र बम सारु मगर रहेका छन् । उनिहरु सबै गैँडाकोट १ का हुन ।

पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको छ । जुवाडेहरुको साथबाट तीनबुक तास र १० हजार ६ सय ४० रुपैया नगद बरामद गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%६%२%१%१%३%

प्रतिक्रिया दिनुहोस