२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जुवा खालबाट नगदसहित ७ जना पक्राउ

२०७८ भाद्र १३, आईतबार प्रकाशित ( साल अघि) ३३८७ पाठक संख्या

कावासोती । नवलपुरमा ६० हजार नगदसहित सात जुवाडे पक्राउ परेका छन ।

पक्राउ पर्नेमा नवलपुर मध्यबिन्दु नगरपालिका वडा नम्बर १३ मैनाघाटका डोल ब।सारु ,सोही ठाउँका बल ब।सारु, बिरेन्द्र थापा, सुर्य प्रसाद खनाल , टुल ब।सारु, यम सोमै र लमजुङ बेसिशहर नगरपालिका वडा नम्बर ११ को सुवास बाबु पाण्डे रहेका छन ।

जिल्ला प्रहरी कार्यालय  नवलपुरका अनुसार मध्यविन्दु नगरपालिका मैनाघाटमा तास खेलिरहेको अवस्थामा ५९ हजार ८९० नगद सहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको छ ।

जुवातास विरुद्ध आक्रमक देखिएको प्रहरीले सादा पोशाकमा प्रहरीहरु परिचालन गरी शङ्कास्पद ठाउँमा छापा हान्दा पछिल्लो समय धमाधम जुवाडेहरु पक्राउ पर्न थालेका छन् ।

व्यवसायिक जुवाडेहरुको खोजीमा प्रहरीले सादा पोशाकमा टोली नै खटाएको जनाएको छ । प्रहरीले कावासोती र देवचुलीका विभिन्न होटल, चोक, गल्ली, लगायतका क्षेत्रमा पनि निगरानी बढाइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२४%६%३%१%६%

प्रतिक्रिया दिनुहोस