२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जुवाको खालबाट १० जना पक्राउ

२०७८ बैशाख २४, शुक्रबार प्रकाशित ( साल अघि) ११३९ पाठक संख्या

कावासोती । नवलपुरको कावासोती नगरपालिका – २ नर्मदा टोलबाट १० जना जुवाडे पक्राउ परेका छन् ।

बिहिबार दिउँसो ३ बजेको समयमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरुबाट १ लाख ८ हजार ६ सय ७५ रुपैयाँ नेपाली रुपैयाँ र ५ सय ७० रुपैयाँ भारतीय रुपैयाँ सहित १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा रौतहट घर भई हाल कावासोती २ डेरा गरी बस्ने ४५ बर्षका सोनालाल जैसवाल, बाराको गढीमाई ४ निवासी ३५ बर्षीय अजय जैसवाल, रौतहटको ३४ बर्षीय श्याम जैसवाल, रौतहटको मोतिहारी निवासी ४३ बर्षीय भाग्य नारायण वैठा, २८ बर्षीय सुनिल जैसवाल, रौतहटकै राजपुरका ३७ बर्षीय विश्वनाथ जैसवाल, बाराको निजगढ ४ निवासी ३१ बर्षीय सुरेन्द्र जैसवाल, सोही ठाउँका ४६ बर्षीय विनयप्रसाद जैसवाल र रौतहटको विजयनगर निवासी ३० बर्षीय नरेश वैठालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १ सय २५ बमोजिम कुुसुर अन्तर्गत अनुसन्धान अगाडि बढाईएको प्रहरीले जानकारी दिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%३%३%५%२%

प्रतिक्रिया दिनुहोस