२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा चट्याङ्ग लागेर ३ मजदुर घाइते

२०७८ बैशाख २८, मंगलबार प्रकाशित ( साल अघि) ११८६ पाठक संख्या

नवलपुर बैशाख २८ । नवलपुरमा चट्याङ्ग लागेर ३ जना मजदुर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयी त्रिवेणी गाउँपालिका १ जोगीकुटी स्थित विनयी खोलामा लु २ त ७७११ नम्बरको ट्याक्टरमा बालुवा लोड गर्ने क्रममा चट्याङ्ग लागेर ३ जना घाइते भएका हुन् ।

पानी परिरहेको अवस्थामा बालुवा लोड गरिरहेका मजदुरहरुलाई चट्याङ्ग लागेको थियो । चट्याङ्ग लागेर पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १४ निवासी ५६ बर्षीय लाल विहारी, २७ बर्षीय मोहन चमार र गुल्मीको गुल्गी दरबार गाउँपालिका २ बस्ने ४२ बर्षीय खिमबहादुर तङनामी घाइते भएका हुन् । उनीहरु मध्ये चमारको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ ।

घाइतेहरुका दुम्किबासको पर्वत मेडिकलमा उपचार भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस