२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो आज

२०७८ जेष्ठ २१, शुक्रबार प्रकाशित ( साल अघि) २८५७ पाठक संख्या

कावासोती ।  नवलपुरमा आज बिहीबार कोरोना संक्रमितको संख्या पछिल्लो केहिदिन यताको तुलनामा ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा नवलपुरमा २ सय१७ जनामा एन्टिजेन तथा स्वाब परीक्षण गर्दा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार पछिल्लो २४ घण्टामा गैंडाकोटमा ४५ जना, कावासोतीमा ९ जना, मध्यविन्दुमा ४ जना, विनयी त्रिवेणिमा ३३ जना, हुप्सेकोटमा १ जना, बुलिङ्गटारमा ४ जना, बौदिकालीमा २७ र जिल्ला बाहिरको १ सहित १२४ जनामा संक्रमण पुष्टि भएको हो ।

 

बिहिबार थपिएका १२४ जना सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९३० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण जिल्लामा १ जनाको मृत्यु भए सँगै गत २०७८ वैशाख १ गते देखि हाल सम्म मृत्यु हुनेको संख्या ५२ पुगेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

IMG_20210603_184829

IMG_20210603_184829

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%४%१%

प्रतिक्रिया दिनुहोस