२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कोरोना संक्रमित ७२४ पुगे, आज थप एक जनाको मृत्यु

२०७८ बैशाख २५, शनिबार प्रकाशित ( साल अघि) १४१५ पाठक संख्या

कावासोती । नवलपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

चितवनको भरतपुर अस्पतालमा उपचाररत गैंडाकोट नगरपालिका–११ मुन्नाटोल बस्ने ९४ वर्षीया पुरुषको मृत्यु भएको छ ।

उनको गएराति १ः४५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

उनलाई वैशाख १४ गते अस्पतालमा भर्ना गरेर भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । पछिल्लो पटक ११ जनाको कोरोना कै कारण निधन भएको छ ।

नयाँ संक्रमणको लहर आए पछि संक्रमित भएका मध्ये ७० जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

जिल्लामा ८ सय २ जना संक्रमित भएका छन् भने नवलपुरमा अहिले भने ७ सय २४ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%३%

प्रतिक्रिया दिनुहोस