२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु

२०७८ जेष्ठ १७, सोमबार प्रकाशित ( साल अघि) २३७४ पाठक संख्या

कावासोती । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण नवलपुरका उपचाररत थप दुई जनाको मृत्यु भएको छ ।

संक्रमणबाट मृत्यु हुनेमा हुप्सेकोटका एक जना र गैँडाकोटका एक जना गरी थप दुई जनाको मृत्यु भएको हो।

हुप्सेकोट गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल कावासोती २ बस्दै आएका ३८ वर्षका पुरुषको गएराति चितवनमा मृत्यु भएको हो।

भरतपुरको चितवन मेडिकल कलेजमा उपचारत उनको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय नवलपुरले जनाएको छ । स्वास्थ्यमा समस्या भएपछि, उनि बैशाख २२ गतेदेखि अस्पतालमा भर्ना भएका थिए ।

यस्तै गैँडाकोट नगरपालिका वडा नं. १२ कि ६८ वर्षीया महिलाको मृत्युभएको छ । भरतपुर अस्पतालमा जेष्ठ १० गते देखि उपचाररत उनको हिजो साझा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१३%१%

प्रतिक्रिया दिनुहोस