२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कांग्रेस जिल्ला सभापतिका आकांक्षी बढ्दै (यी हुन आकांक्षी)

२०७८ श्रावण १०, आईतबार प्रकाशित ( साल अघि) ३४८६ पाठक संख्या

कावासोती । पूर्व नवलपरासीमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिँदै जाँदा नवलपुरमा सो पार्टीको चुनावी सरगर्मी बढेको छ ।

चुनावी सरगर्मी बढेसँगै जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन् । पार्टीका जिल्ला सभापति विष्णु लामिछानेले आसन्न जिल्ला अधिवेशनमा पुन सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

उहाँ कांग्रेस नवलपरासीको सचीव हुँदै सभापति पदमा बसेर काम गरिसक्नुभएको छ । पार्टीमा लामो अनुभव प्राप्त गरिसक्नुभएका कांग्रेसी युवा नेताका रुपमा परिचित हुनुहुन्छ ।

कांग्रेसका पुराना नेता महेन्द्रध्वज जिसी र जिल्ला सचिव बालकृष्ण घिमिरेले नवलपुरमा कार्यकर्तासँग भेटघाट र बैठकलाई तीव्रता दिइरहनुभएको छ । उहाँहरुको सक्रियता पार्टीको केन्द्रीय महाधिवेशन तथा प्रदेश, जिल्ला र स्थानीय तहका अधिवेशनतर्फ केन्द्रीत रहेको छ ।

कांग्रेस जिल्ला सभापतिका लागि पुराना नेता महेन्द्रध्वज जिसी पंचायतकाल देखि नवलपरासीको पार्टी संगठनमा एकछत्र पकड जमाउन सफल जिसी जिल्लामा आफुलाई निर्बिरोध सभापति दिइन पर्ने अडानमा रहनुभएको छ ।

उहाँका सर्मथकले पंचायतकामा २ पटक जिल्ला पंचायतको सभापति भैसकेका र बहुदलपछि २ पटक निर्वाचित सांसद भैसकेका प्रतिनिधि सभा सदस्य कारण उहाँलाई निर्बिरोध सभापति दिइन पर्ने अडान राखेका छन् ।

साथीहरु बिचको आपसि सहमतीमा सभापति हुने बिषयमा धेरै साथीहरु लाग्नु भएको छ । मेरो प्रयास सहमतीका लागि हुने छ जिसी भन्नु हुन्छ सहमतीको राजनितिले पार्टी संगठन बलियो हुन्छ भन्ने मान्यता राख्छु ।

यता हालका पार्टी सभापति बिष्णु प्रसाद लामिछाने पनि अझ एक कार्यकाल आफुले पाउनुपर्ने भन्दै अडान लिनुभएको छ  । प्रदेश सभासदस्यमा निर्वाचित लामिछानेको पार्टी सभापति रहेको अवस्थामा पूर्वी नवलपरासीमा कांग्रेसले सबै निर्वाचनमा बिजयी भएकाले आफनो मुल्यांकन त्यसैका आधारमा हुने बताउनुभएको छ।

जिल्लाका ८ वटा मध्ये ६ वटा पालिकामा कांग्रेस बिजयी भएको , दुई जना प्रदेश सभा सदस्य निर्वाचिन गराउन सफल भएका कारण आफनो मुल्यांकन कार्यकर्ताले गर्ने बताउनुभयो ।

मेरो कार्यकाल सफल देखिएको छ उहाँले भन्नु भो, प्रतिनिधि सभामा पार्टीका महामन्त्री डा शशांक कोइराला निर्वाचित हुनु ,प्रदेश सभामा २ जना आफु र हालका मुख्यमन्त्री र स्थानिय तहमा समेत बिजयी भएका कारण संगठन मजबुत भएको पुष्टि हुन्छ उहाँले भन्नु भो पूर्वी नवलपरासीमा जिल्ला समन्वय समिति समेत एक्लौटी कांग्रेस बिजयी भएको छ।

सबैलाई समेटेर पार्टी संगठन बनाएको ब्यक्ति भएका कारण जिल्ला सभापतिमा दोस्रो पटक स्वत मेरो दावी छ लामिछानेले भन्नुभो अझै साथीहरुसंग सरसल्लाहमा छु ।

हालका कांग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरे आफु जिल्ला सचिव भैसेका कारण अब सभापतिमा आफनो स्वत दावी रहेको बताउनु हुन्छ । संगठन बलियो बनाउन सबैको लागानी र सहयोग छ । पुराना नेताहरुको सम्मान र नयाँ युवाहरुको उत्साह जगाएर कामगर्न आफनो उम्मेदवारी रहेको उहाँको भनाई छ।

उहाँले नेपाली काँग्रेसको १४ औ महाधिवेशन मार्फत चयन हुने नेतृत्वलाई युवामैत्री, समावेशी, बैचारीक रुपमा योग्य बनाउनका लागि आफूले उम्मेदवारी बन्न लागेको बताउनुभयो ।

सबैभन्दा पुरानो र गौरवशाली पार्टीको कार्यकर्ता भएर वर्षौ सेवा गर्न पाउनु आफ्नो अहोभाग्य भएको भर्दै घिमिरेले जिल्लाको काँग्रेस सचिवको रुपमा आफुलाई दिईएको भुमिकाको मुल्यांकन गर्दै आगामी दिनहरुमा समेत आफुलाई मार्गदर्शन हुनेमा विश्वस्त रहेको भन्दै उम्मेदवारी घोषणा गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%३%३%१%१%२%

प्रतिक्रिया दिनुहोस