२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा एकजना नक्कली प्रहरी पक्राउ

२०७७ आश्विन ८, बिहिबार प्रकाशित ( साल अघि) १७२० पाठक संख्या

गंगा विश्वकर्मा

चोरमारा, ८ असोज । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले आफु सादा पोशाकको प्रहरी हुँ भन्दै ठगी गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको गैंडाकोट क्षेत्रमा आफु सादा पोशाकको प्रहरी हुँ भन्दै ठगी तथा लुटपाट गर्ने गैंडाकोट–१० का २८ वर्षीय रामचन्द्र परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

गैडाकोट–९ थुम्सी लगायतका सार्वजनिक स्थान एवं पार्कहरुमा घुम्न आउने युवा युवतीहरुलाई म सादा पोशाकमा हिड्ने सि.आई.डि. प्रहरी हुँ भनि डर त्रास देखाई धाकधम्की दिई साथमा रहेको मोबाईल तथा नगद समेत लुटपाट गरेको भन्ने सुचनाको आधारमा प्रहरीले मंगलबार परियारलाई पक्राउ गरेको हो ।

परियारले राजमार्ग क्षेत्रमा रहेका होटल भट्टी पसलहरुमा मादक पदार्थ सेवन गरी पैसा समेत नतिरी हिड्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी मोहन बहादुर खाँणले बताए । परियारले थुम्सीमा चितवन जिल्ला भरतपुर महा–नगरपालिका वडा नं– ५ रामबागकी १८ वर्षीया बिनिता परियारको साथमा रहेको मोबाईल तथा नगद लुट्न लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको खाँणले बताए ।

उनलाई असोज ७ गते नवलपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि थप अनुसन्धान थालिएको उहाँले बताउनुभयो । उनलाई अभद्र व्यवहार अन्तर्गत मुद्दामा अनुसन्धान गरिरहेको खाँणले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस