२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आफ्नै छातिमा छुरा प्रहार गरेकी महिलाको मृत्यु

२०७८ बैशाख २४, शुक्रबार प्रकाशित ( साल अघि) १३६९ पाठक संख्या

हुप्सेकोट । आफैले आफ्नै छातीमा छुरा प्रहार गरेर गम्भीर घाईते भएकी हुप्सेकोटकी महिलाको मृत्यु भएको छ ।

नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं ३ देउराली निवासी ३९ बर्षीया चिनमाया रानाले घरमा कोही नभएको मौका छोपी आफ्नै कोठामा धारिलो हतियार चक्कु आफ्नै छातीमा प्रहार गरेकी थिईन ।

आफैले प्रहार गरेको छुराबाट गम्भीर घाईते रानालाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याईएको थियो ।

उनको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

चिनमाया राना विगत १ बर्ष देखि कलेजोका रोगी रहेको र सोही कारणले आत्महत्याको प्रयास गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ ।

प्रहरीले उनकै कोठाबाट चक्कु समेत बरामद गरेको छ ।
शव पोष्टमाटर्मको लागी तयारी भईरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%२%३%४६%५%

प्रतिक्रिया दिनुहोस