२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज ९५ जनामा कोरोना संक्रमण हुँदा ९७ जना निको भए

२०७८ जेष्ठ १९, बुधबार प्रकाशित ( साल अघि) १२३१ पाठक संख्या

कावासोती । नवलपुरमा आज थप ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ९७ जना कोरोना मुक्त भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार पछिल्लो २४ घण्टामा गैंडाकोटमा १९ जना, देवचुलीमा ६ जना, कावासोतीमा ३७ जना, मध्यविन्दुमा ९ जना, विनयी त्रिवेणिमा १९ जना, बुलिङ्गटारमा ४ र जिल्ला बाहिरको १ सहित ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार थपिएका ९५ जना सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८९५ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण जिल्लामा २ जनाको मृत्यु भए सँगै गत २०७८ वैशाख १ गते देखि हाल सम्म मृत्यु हुनेको संख्या ५१ पुगेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस