२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज ५२ जनामा कोरोना संक्रमण पुष्टि

२०७८ अषाढ ७, सोमबार प्रकाशित ( साल अघि) १४९० पाठक संख्या

कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरमा आज थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

थपिनेमा गैँडाकोट नगरपालिकाका ६ जना, देवचुलिमा १६ जना, कावासोतीमा १२, मध्यविन्दुमा ११, विनयी त्रिवेणीमा १, हुप्सेकोटमा ५, बुलिंगटारमा १ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा निको हुनेको सख्या भने ७० रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ ।

निको हुनमा गैँडाकोटका ६, देवचुलिमा १७ जना, कावासोतीमा २, मध्यविन्दुमा ११, विनयी त्रिवेणीमा ७, हुप्सेकोटमा २, बुलिंगटारमा २४ र अन्यमा १ जना रहेका छन् ।

सोमबार मृत्यु हुनेको सख्या भने ० रहेको छ । जम्मा सक्रिय संक्रमित जिल्लामा ३ सय ८६ रहेको छ । बैशाख यता अहिले सम्म ७७ जनाको मृत्यु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%२%

प्रतिक्रिया दिनुहोस