२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज ४६ जनामा कोरोना संक्रमण हुँदा ४८ जना निको भए

२०७८ अषाढ ९, बुधबार प्रकाशित ( साल अघि) ११७३ पाठक संख्या

कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरमा थप आज (मंगलबार) थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४८ जना कोरोना मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पुर्वले जनाएको छ ।

आज जिल्लामा सबैभन्दा बढी कावासोती नगरपालिकामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै विनयी त्रिवेणी गाउँपालिकामा १० जना, गैंडाकोट नगरपालिकामा ९ जना, देवचुली नगरपालिकामा ७ जना, मध्यबिन्दु नगरपालिकामा ५ जना, हुप्सेकोट गाउँपालिकामा २ जना र बुलिंगटार गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै आज जिल्लामा सबैभन्दा बढी देवचुली नगरपालिकामा १४ जना कोरोना मुक्त भएका छन् । यस्तै कावासोती नगरपालिकामा ९ जना, मध्यबिन्दु नगरपालिकामा ८ जना, बौदिकाली गाउँपालिकामा ७ जना, विनयी त्रिवेणी गाउँपालिकामा ५ जना, गैंडाकोट नगरपालिकामा ४ जना र हुप्सेकोट गाउँपालिकामा १ जना कोरोना मुक्त भएका छन् ।

अब नवलपुरमा सक्रिए संक्रमितको संख्या ३ सय ८४ रहेको छ । यस्तै जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट १ सय ९ जनाको र बैशाख यता मात्रै ७७ जनाको मृत्यु भइसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस