२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज २० जनामा कोरोना संक्रमण पुष्टि

२०७८ जेष्ठ ३०, आईतबार प्रकाशित ( साल अघि) २०२३ पाठक संख्या

कावासोती । नवलपुरमा आइतबार जम्मा २० जनामा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार गैँडाकोट नगरपालिकामा ७ जनामा, देवचुलीमा १ जनामा, कावासोतीमा ०, मध्यविन्दुमा ६ जनामा, विनयी त्रिवेणीमा ६ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।

यस्तै छिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पुर्वले जनाएको छ । आज जिल्लामा ८३ जना संक्रमित निको भएका छन् ।

अब जिल्लामा ६ सय २७ जनामात्र सक्रिए संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै अहिलेसम्म १ सय जनाको मृत्यु भएको छ भने बैशाख यता मात्रै पनि ६८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

198261128_1054768715054197_221926157821184980_n

198261128_1054768715054197_221926157821184980_n

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस