२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज १ सय २० जनामा कोरोना संक्रमण, ४०० जना निकोभए

२०७८ जेष्ठ १, शनिबार प्रकाशित ( साल अघि) १५७० पाठक संख्या

कावासोती । नवलपुरमा सनिबार थप १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सगै पछिल्लो लहर आए पछि नवलपुरमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार १ सय २३ पुगेको छ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले दिएको जानकारी अनुसार कावासोती नगरपालिकामा सवैभन्दा बढि ५९ जना थपिएका छन् ।

त्यस्तै गैँडाकोट नगरपालिकामा २४ जना , देवचुली नगरपालिकामा १३ जना , मध्यविन्दुमा ११ , विनयी त्रिवेणीमा ४ , हुप्सेकोटमा ७ र अन्यमा २ गरि १ सय २० सक्रमित थपिएका हुन् ।

नवपुरमा दोश्रो लहरको कोरोना सुरु भएपछि २० जनाको निधन भएको छ भने नयाँ संक्रमणको लहर आए पछि संक्रमित भएका मध्ये ४०० जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

आज थप २ जनाको मृत्यु भए संगै जिल्लामा आजसम्म कोरोनाको कारण जम्मा मृत्यु हुनेको संख्या ५२ पुगेको छ। सनिबार मात्र कोरोना निको हुनेको संख्या ८१ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस