२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज र भोलि बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह

२०७८ जेष्ठ १४, शुक्रबार प्रकाशित ( साल अघि) ४०६८ पाठक संख्या

कावासोती । आज देशभर भारी वर्षाको सम्भावना रहेको छ।

नवलपुरमा पनि भारी वर्षको सम्भावना अझै रहेकाले डुबान र बाढीको जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।

नवलपुर, डण्डा, अरुमखोला आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टा देखिबर्षा भईरहेको र थप बर्षा हुनेदेखिएकोले उक्त क्षेत्रभई बहने स-साना खोलाहरुमा बाढी आउने भएकाले थप सतर्क हुन महाशाखाले सुझाव दिएको छ ।

नवलपुरको अरुणखोला, गिरुवारी खोला र साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकाले आसपासका बासिन्दालाई बिहानसम्म सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

नवलपुरको धेरै ठाउँमा ठूलो पानी परेको र अझै पानी परिरहने भएकाले अरुणखोला, गिरुवारी खोला र नवलपुरको साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै महाशाखाले सचेत गराएको हो।

Screenshot_20210528 114043_Facebook

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२९%५%१%१८%१%

प्रतिक्रिया दिनुहोस