२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज कोरोना संक्रमित भन्दा संक्रमण मुक्त धेरै

२०७८ जेष्ठ ३, सोमबार प्रकाशित ( साल अघि) १७२५ पाठक संख्या

कोल्हुवा । नवलपुरमा आईतबार थप ९५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यस सँगै दोस्रो लहरको कोरोना मुक्त हुनेको संख्या ४ सय ९५ जना कोरोना मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले दिएको जानकारी अनुसार गैडाकोटका २८ जना, देवचुलीका ११ जना, कावासोतीका ३० जना, मध्यविन्दुका ७ जना , विनयी त्रिवेणिका १२ जना, हुप्सेकोटका १ जना, बौदिंकालिका २ जना र जिल्ला बाहिरका ४ गरि ९५ जना संक्रमण मुक्त भएका हुन्।

त्यस्तै पछिल्लो २४ घण्टामा नवलपुरमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दोस्रो लहरको कोरोनाबाट हालसम्म १ हजार ७५ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस