२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज कोरोना संक्रमित भन्दा संक्रमण मुक्त धेरै

२०७८ जेष्ठ ६, बिहिबार प्रकाशित ( साल अघि) १८०० पाठक संख्या

कावासोती । नवलपुरमा आज बिहिवार कोरोना भाइरसबाट थप ८१ जना नयाँ संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार पछिल्लो २४ घण्टामा ११६ जना संक्रमित निको भएका छन् ।

कोभिडको दोस्रो लहर शुरु भए यता नवलुरमा २ हजार ९१ जना संक्रमित भएकाहरु मध्ये बिहिवार सम्म ९ सय ९ जना निको भएका छन् ।

आज जिल्लाको गैडाकोटमा ४२ जना, देवचुलीमा २ जना, कावासोतीमा १५ जना, मध्यविन्दुमा ७ जना, विनयी त्रिवेणीमा ११ जना, बौदिकालीमा २ जना र जिल्ला बाहिरका २ सहित ८१ जनामा संक्रमण भएको हो ।

त्यसैगरी आज नवलपुरमा २ जना संक्रमितको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

कोरोना संक्रमणबाट आजसम्म मृत्यु हुनेको संख्या ६४ पुगेको छ । जिल्लामा दोस्रो चरणको कोरोना पछिको सक्रिए संक्रमितको संख्या १ हजार ७८ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस