२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आइतबार मात्र १२ जनामा कोरोना संक्रमण

२०७८ बैशाख १२, आईतबार प्रकाशित ( साल अघि) १८८५ पाठक संख्या

कावासोती , १२ बैशाख । कोरोना महामारीको दोस्रो लहर भयावह बनिरहेको अवस्थामा नवलपुरमा पनि आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ज्वारो आएका र कोरोनाको आशंका लागेका विरामीहरुले मध्यविन्दु जिल्ला अस्पतालको पिसिआर प्रयोगशालामा आईतबार गरिएको ३० जनाको पिसिआर परिक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुबेदीले जानकारी दिनुभयो ।

पछिल्लो एक हप्तामा संक्रमित बढेसँगै पहिले रहेका आइसोलेसन कक्षमा शय्या थप गर्न थालिएको छ ।

जिल्लामा आईतबार मात्र कोरोना संक्रमण पुष्टि भएका मध्य कावासोती नगरपालिकाका २ जना, मध्यविन्दु नगरपालिकाका ३ जना, गैंडाकोट नगरपालिकाका ३ जना देवचुली नगरपालिकाका २ र हुप्सेकोट गाउँपालिकाका २ जना रहेका जिल्ला अस्पताल प्रशासनले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१%

प्रतिक्रिया दिनुहोस